सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदै छ कारोबार ?

२०८१ साउन १० गते

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ। स्थानीय बजारमा सुन र चाँदी दुबैको मूल्यमा ठुलो गिरावट आएको छ। आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँ घटेको छ।

Advertisement:

Ad
Ad

यस दिन तोलाको १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यस दिन १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानाएको छ । त्यस्तै, बिहिबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँ रहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।