शुक्रवार पनि सुनको मुल्यमा वृद्धि, तोलाको कति?

२०८० पुस ०६ गते

शुक्रवार पनि सुनको मुल्यमा वृद्धि, तोलाको कति?

काठमाडौं। सुनचाँदीको भाउ आज पौष ६ गते पनि महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुन तोलामा ८०० रुपैयाँले वृद्धि भएको छ र चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार २५० रुपैयाँ कायम भएको छ ।  हिजो बिहिबार भने सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

Advertisement:

Ad
Ad

यस दिन चाँदीको मूल्यमा ५ रुपैयाँले वृद्धि भइ  प्रतितोला एक हजार ४८५ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा १५ रुपैयाँले वृद्धि हुँदा प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

वाणिज्यपोस्ट