सरकारी मिडियाका अस्थायी तथा करारका कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आवद्ध गराइदैँ,  घोषणा र कार्यान्वयन भोलिबाटै

२०८२ मंसिर १० गते

सरकारी मिडियाका अस्थायी तथा करारका कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आवद्ध गराइदैँ,  घोषणा र कार्यान्वयन भोलिबाटै

काठमाडौ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले आफु मातहतका सबै सरकारी मिडियामा काम गर्ने अस्थायी तथा करारका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँने जनाएको छ ।

 

Advertisement:

Ad
Ad

सामाजिक सुरक्षाकोषको स्थापना दिवस पारेर भोली नै घोषणा गरी कार्यान्वयनमा लगिने सञ्चार मन्त्री जगदीश खरेलले बताए । महिला आर्थिक पत्रकार सँघ (फेजा) सँगको भेटघाटमा मन्त्री खरेलले रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति र गोरखापत्रमा काम गर्ने अस्थायी तथा करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षाकोषमा आवद्ध गराइने जानकारी दिए । यद्यपि दैनिक ज्यालादारीका कर्मचारीको विषयमा भने उनले खुलाएनन् । 

 

अस्थायी तथा करारका कर्मचारी आवद्धताका विषयमा आजै (मंसिर १०) सरकारी मिडियाका प्रमुख र  सामाजिक सुरक्षाकोषमा प्रतिनीधिलाई मन्त्रालयमै बोलाएर मन्त्री खरेलले छलफल गरेका छन् ।


समाजिक सुरक्षाकोष मंसिर ११ गते (बिहिबार) ६  बर्ष पुरा गरी सातौ वर्षमा प्रवेश गर्दैछ । नेकपा एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले २०७६ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेका थिए।


त्यसयता ६ लाख ४८ हजार ९सय ९९ योगदानकर्ता कोषमा आवद्ध भएका छन् । रोजगारदाता कम्पनी भने २२ हजार ३ सय २२ सहभागी छन् । कोषमा हालसम्म ९५ अर्ब ६० करोड रुपैयाँ जम्मा भइसकेको छ । यो अवधिमा दाबी भुक्तानी पनि १७ अर्ब ६८ करोड रुपैयाँ भइसकेको छ ।