सिट्रोन गाडीको नाडा अफर : ४ वर्ष निःशुल्क इन्धन, ४ वर्ष निःशुल्क मर्मत सुविधा र १ वर्षको निःशुल्क रोड ट्याक्स

२०८१ भदौ १६ गते

सिट्रोन गाडीको नाडा अफर : ४ वर्ष निःशुल्क इन्धन, ४ वर्ष निःशुल्क मर्मत सुविधा र १ वर्षको निःशुल्क रोड ट्याक्स

काठमाडौं । नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले पेट्रोलियम पदार्थबाट चल्ने सिट्रोन सीथ्री गाडीमा विशेष अफर ल्याएको छ ।

सीमित समयमा हुन गइरहेको यो अफरमार्फत ग्राहकहरूले सिट्रोन सीथ्री खरिद गर्दा फाइदा लिन सक्नेछन्। नाडा अटो शो २०२४ मा सिट्रोन सिथ्रीमा ४ वर्ष निःशुल्क इन्धन, ४ वर्ष निःशुल्क मर्मत सुविधा, नाडा छुट विशेष, निःशुल्क व्यापक बीमा १ वर्ष र १ वर्षको लागि निःशुल्क रोड ट्याक्स पाउने छन् ।

Advertisement:

Ad
Ad

त्यसैगरी ग्राहकहरूले यो गाडी न्यूनतम ७ लाख ४० हजार रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन् । यसका साथै फाइनन्सियल सुविधाहरु पनि भएकाले नाडा अटो शोमा खरिद गर्न सहज हुने कम्पनीको भनाइ छ । यो विशेष अफर नाडा अटो शोको अवधिभर मात्र उपलब्ध हुनेछ ।