सिटिजन्स सुपर ३० को नाफा फागुनमा घट्यो

२०८० चैत १५ गते

सिटिजन्स सुपर ३० को नाफा फागुनमा घट्यो

काठमाडौं । सिटिजन्स म्यचुअल फण्ड अन्तर्गत सञ्चालित सुपर ३० म्यचुअुल फण्डले फागुन मसान्तसम्म ३ करोड ९४ लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ । माघ मसान्तसम्म ४ करोड १२ लाख रूपैयाँभन्दा बढी नाफा गरेको योजनाको फागुनमा भने नाफा घटेको हो ।

योजनाको जम्मा आम्दानी माघ मसान्तसम्म ४ करोड ९८ लाख रूपैयाँभन्दा बढी रहेको योजनाको फागुन मसान्तसम्म यो आम्दानी ४ करोड ९२ लाख रूपैयाँभन्दा बढी रहेको छ । खर्च रकम यो महिना बढेको छ । माघ मसान्तसम्म ८६ लाख ४६ हजार रूपैयाँ खर्च गरेको योजनाले फागुन मसान्तसम्म ९८ लाख ६० हजार रूपैयाँ खर्च भएको छ ।

Advertisement:

Ad
Ad

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ७ करोड ५० लाख ७२ हजार ३९० कित्ता इकाई जारी गरेको थियो । माघमा योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य पनि घटेको छ । माघ मसान्तसम्म १० रूपैयाँ ७८ पैसा रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य फागुन मसान्तसम्म १० रूपैयाँ ७५ पैसामा झरेको छ । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित योजनाले फागुन मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य ४७ करोड ८८ लाख २५ हजार रूपैयाँ रहेको छ ।

योजनाले गरेको लगानीको परलमूल्यभन्दा बजारमूल्य बढी रहेको छ । फागुन मसान्तसम्म योजनाको बैंक मुद्दती निक्षेपमा ७ करोड रूपैयाँ लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने ४९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ ।