२०८० चैत १५ गते
काठमाडौँ । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ को धितोपत्रमा भएको लगानीको बजार मूल्य परल मूल्यभन्दा कम भएको छ । फागुन मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य ६० करोड ७२ लाख ४६ हजार रूपैयाँभन्दा बढी रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने ५३ करोड ४१ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ५ करोड ६० लाख इकाई जारी गरेको थियो । योजनाकोप प्रतिइकाई खुद सम्पत्ति मूल्य भने माघ मसान्तसम्म ९ रूपैयाँ ८६ पैसा रहेको थियो भने फागुन मसान्तसम्म ९ रूपैयाँ ८९ पैसा रहेको छ । योजनाको नोक्सानी भने फागुनमा घटेको छ । माघ मसान्तसम्म ७८ लाख ९२ हजार नोक्सानीमा रहेको योजना फागुन मसान्तसम्म ६४ लाख ६१ हजार रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको हो । माघ मसान्तसम्म २० लाख ४८ हजार ऋणात्मक अवस्थामा रहेको आम्दानी रकम फागुन मसान्तमा भने सुधारिएर २ लाख २१ हजार आम्दानी भएको छ ।
खर्च भने बढेको छ । माघ मसान्तसम्म ५८ लाख ४३ हजार रूपैयाँभन्दा बढी खर्च गरेको योजनाले फागुन मसान्तसम्म ६६ लाख ८२ हजार रूपैयाँभन्दा बढी खर्च गरेको हो ।
प्रतिक्रिया