२०८१ मंसिर १६ गते
काठमाडौँ। सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। होटलको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।
होटलले आफ्नो ऋण चुक्ता गर्नका निम्ति उक्त निर्णय लिएको संचालक समितिको बैठकले जनाएको छ।
होटलले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८ को अनुपातमा शेयर निष्काशनको लागि आगामी बार्षिक साधारणमा स्वीकृतिको लागि पेश गर्नेछ ।
प्रतिक्रिया