शीतल निवासमा गायिका मेनुका पौडेललाई सम्मान

२०८० माघ २९ गते

शीतल निवासमा गायिका मेनुका पौडेललाई सम्मान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘इन्डियन आइडल– सिजन १४’को उत्कृष्ट १० सम्म पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले मेनुकालाई बधाई दिँदै सम्मान गरेका हुन् । मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको राष्ट्रपति पौडेलले बताएका थिए ।

Advertisement:

Ad
Ad

‘इन्डियन आइडल– सिजन १४’बाट बाहिरिएसँगै नेपाल आएकी मेनुका यतिबेला काठमाडौंमा छिन् ।