सिंहदरवारमा सबै मन्त्री र सचिवलाई बोलाइयो, सरकारको कामको समीक्षा सुरु

२०८० मंसिर २८ गते

सिंहदरवारमा सबै मन्त्री र सचिवलाई बोलाइयो, सरकारको कामको समीक्षा सुरु

काठमाडौँ । सिंहदरवारमा सरकारका पछिल्ला काम र गतिविधीहरूको चौमासिक समीक्षा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको अवस्थाबारे सबै मन्त्री र सचिवहरूलाई बोलाएर छलफल थालेका हुन् ।

जारी बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई बोलाइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सरकारले गरेका कामहरूको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ । उक्त छलफलमा यसअघि मन्त्रीहरूले पेश गरेको कार्ययोजना अनुसार काम भए नभएकोबारे समेत छलफल हुनेछ ।

Advertisement:

Ad
Ad