२०८१ मंसिर १२ गते
काठमाडौँ। बुधबार पनि शेयरबजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३८.८१ विन्दुले बढेर २७५५.४१ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.४२ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य १२ उपसमूहका परिसूचक बढेका छन् भने एक मात्र फाइनान्स उपसमूहको परिसूचक ०.४७ प्रतिशत घटेको छ । बुधबार सर्वाधिक बढ्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ९.२७ प्रतिशतले बढेको छ । आज लगानीकर्तामाझ विकास बैंक उपसमूहप्रति पनि राम्रो आकर्षण देखियो । जस कारण विकास बैंक उपसमूह ३.१८ प्रतिशतले बढेको छ भने पाँच विकास बैंक स्क्रिपमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै सबै भन्दा कम बढ्नेमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक ०.०९ प्रतिशतले बढेको छ।
नेप्से परिसूचक दोहोरो अंकले बढेसँगै मङ्गलबार कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ४४ करोड बराबर शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ८९ हजार पटकको कारोबारमा ९ अर्ब ३१ करोड बराबरको किनबेच भएको छ । जसमा २०० कम्पनीका शेयर बढेका छन् भने ३८ कम्पनीका शेयर घटेका छन् । त्यस्तै, छ कम्पनीको शेयर भने स्थिर रहेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा विशाल बजार, कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, सपोर्ट लघुवित्त र मानुषी लघुवित्त रह्यो जसको शेयर समान दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा मिथिला लघुवित्त रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल फाइनान्स रह्यो जसको ३४ करोड एक लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालय उर्जा विकास कम्पनी रह्यो जसको छ लाख ५० हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया