शेयरबजारमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२०८१ पुस ०३ गते

शेयरबजारमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ। साताको तेस्रो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ। आज नेप्से परिसूचक ५.६० विन्दुले घटेर २६२८.२६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२१ प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेका १३ उपसमूहमध्य तीन उपसमूहका परिसूचक बढेका छन् भने बाँकी दश उपसमूहका परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.०७ प्रतिशतले बढेको छ । त्यस्तै यस दिन सर्वाधिक घट्ने उपसमूहमा होटल तथा पार्यटन उपसमूह रह्यो जसको परिसूचक ०.४२ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन चार अर्ब ३४ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ४९ हजार चार सय २१ पटकको कारोबारमा चार अर्ब २७ करोड बराबरको किनबेच भएको छ । जसमा ८१ कम्पनीका शेयर बढेका छन् भने १४९ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी १२ कम्पनीका शेयर स्थिर रहेका छन् ।

यस दिन सर्वाधिक बढ्नेमा उपकार लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स रह्यो जसको शेयर समान दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा कुथेलि बुखारी स्मल हाइड्रोपावर कम्पनी रह्यो जसको शेयर ९.९० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा जानकी फाइनान्स रह्यो जसको १४ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा पनि जानकी फाइनान्स नै रह्यो जसको चार लाख ५० हजार कित्ता शेयर किनबेच भएको छ।