शेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम चार अर्बभन्दा कम

२०८१ असार १३ गते

शेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम चार अर्बभन्दा कम

काठमाडौँ । साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक एकल अंकले घटेको छ । यस दिन नेप्से ८.२४ अंकले घटेर २०५१.९२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४० प्रतिशतले घटेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य २ उपसमूहको परिसूचक बढेका छन् भने अन्य दश उपसमूहको परिसूचक घटेका छन् । यस दिन बैंक उपसमूह भने स्थिर रहेको छ। बिहिबार सर्वाधिक बढ्नेमा अन्य उपसमूह रह्यो जसको परिसूचक ०.९० प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.२३ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३३३ वटा स्टकको ५० हजार २ सय ८१ पटकको कारोबारमा ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको ८९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ४७ वटा कम्पनी बढेका छन् भने १८८ वटा कम्पनी घटेका छन् । यसैगरी ११ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा त्रिशुली जलविद्युत रह्यो जसको शेयरमा ७.०९ प्रतिशतको उछाल आएको छ । सर्वाधिक घट्नेमा नेपाल फाइनान्स रह्यो जसको शेयरमा दश प्रतिशतको गिरावट आएको छ ।

बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल फाइनान्स रह्यो जसको २२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा हिमालयन रि इन्स्योरेन्स रह्यो जसको ४ लाख २ हजार कित्ता शेयर किनबेच भएको छ ।