शेयर बजारमा भारी अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२०८० चैत ०१ गते

शेयर बजारमा भारी अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजारमा भारी अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.३२ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहको परिसूचक घटेका छन् भने बाँकि । यस दिन सर्वाधिक घट्नेमा लाइफ इन्स्योरेन्स उपसमूह रह्यो जसको परिसूचक २.६५ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad

बजार घटेसँगै कारोबार रकम पनि घटेर आज ३.९४ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा ४४ वटा कम्पनी बढेका छन् भने १९६ वटा  कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा वेअन नेपाल लघुवित्त र मानुषी लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । बिहिबार सर्वाधिक घट्ने कम्पनीमा स्वाभिमान लघुवित्त रह्यो जसको शेयरमा ६.०२ प्रतिशतको गिरावट आएको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा अप्पर तामाकोशी हाइड्रो पावर रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि अप्पर तामाकोशी हाइड्रो पावरनै रह्यो ।