शेयर बजारमा ९.३२ अंकको गिरावट, कारोबार रकम बढेर छ अर्बभन्दा बढी

२०८१ जेठ ३१ गते

शेयर बजारमा ९.३२ अंकको गिरावट, कारोबार रकम बढेर छ अर्बभन्दा बढी

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार एकल अंकले घटेको छ । यस दिन नेप्से ९.३२ अंकले घटेर २११२.२९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४३ प्रतिशतले घटेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य दुई वटा उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ वटा उपसमूहको परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक २.०३ प्रतिशतले वृद्धि भएको छ भने अर्को बढ्ने उपसमूह विकास बैंकको परिसूचक १.३१ प्रतिशतले बढेको छ । यसै गरी सर्वाधिक घट्नेमा व्यापार उपसमूह र उत्पादन तथा प्रसोधन उपसमूह रह्यो जसको परिसूचकमा समान १.०३ प्रतिशतको गिरावट आएको छ ।

Advertisement:

Ad
Ad

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१३ वटा स्टकको ७७ हजार ३ सय १२ पटकको कारोबारमा ६ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको एक करोड ४२ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ९४ वटा कम्पनी बढेका छन् भने १४७ वटा कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा समृद्धि फाइनान्स, र कुथेली बुखारी स्मल हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा मिड सोलु हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागोको छ ।

बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल फाइनान्स रह्यो जसको २८ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा हिमालयन बैंकको प्रमोटर शेयर रह्यो जसको ७ लाख ५० हजार शेयर किनबेच भएको छ ।