शेयर बजार फेरी ओह्रालो लाग्यो, कारोबार रकम भने बढ्यो

२०८० फागुन २२ गते

शेयर बजार फेरी ओह्रालो लाग्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । हिजो मात्र सर्किट लागेर बन्द भएको शेयर बजार मंगलबार भने भारी अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ३.३८ प्रतिशतले घट्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य एक उपसमूहको परिसूचक बढेको छ भने बाँकि १२ उपसमूहका परिसूचक घटेका छन् । यस दिन एक मात्र  बढ्नेमा म्युचुअल फण्ड उपसमूह रह्यो जसको परिसूचक ०.६६ प्रतिशतले बढेको छ । त्यसै गरि आज सर्वाधिक घट्नेमा अन्य उपसमुहमा रह्यो जसको परिसूचक ३.३५ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad

बजार घटेपनि कारोबार रकम रकम भने बढेर ४.११ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा ३३ वटा कम्पनी बढेका छन् भने २१३ वटा  कम्पनी घटेका छन् । यसैगरी २ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा गुराँस लघुवित्त रह्यो जसको शेयर ८.७३ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमइ ब्लयालेन्स्ड फन्ड १ को शेयर ७.८५ प्रतिशतले बढेको छ । मंगलबार सर्वाधिक घट्ने कम्पनीमा बोटलर्स नेपाल बालाजु रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स एण्ड आयल कम्पनी रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि सोनापुरनै रह्यो ।