२०८० माघ १७ गते
काठमाडौँ । केहि दिन देखि बढिरहेको शेयर बजार बुधबार भने दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.०२ प्रतिशतले घटन पुगेको हो ।
बजारमा आज ५.५४ अर्व रुपैयाँ बढीको कारोबार भएको छ । जसमा २९ कम्पनी बढेका छन् भने २१५ कम्पनी घटेका छन् । यसैगरी ३ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज सर्वाधिक शेयर मूल्य बढेको कम्पनीमा समलिङ्ग पावर रह्यो जसको ९.८७ प्रतिशतले बढोत्तरी भएको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा मेंछियाम हाइड्रोपावर रह्यो जसको शेयर ५.८७ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि हिमालयन रिइन्सुरेन्सनै रह्यो ।
प्रतिक्रिया