२०८३ वैशाख ०३ गते
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संविधान फालेर काम नगर्ने स्पष्ट पारेका छन् । अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् ।
उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भएपनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए । उनले भने, 'धारा २७४ मा संसोधन गर्न सक्ने व्यवस्था छ, २७५ ले जनमत संग्रहको व्यवस्था गरेको छ । यसमा टेकेरै काम हुन्छ ।'
उनले भने, ‘अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ । संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन हाम्रो दायित्व हो । चित्त नबुझेको कुराहरु वा संबिधानमै लेखेका धाराहरुमा सुधार गरौं भन्ने कुरामा पार्टीले विचार गर्छ ।’
उनले चालु आर्थिक वर्षमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेको जानकारी दिए । तर आन्तरिक तथा बाह्य कारणका कारण उक्त लक्ष्य हासिल गर्न चुनौतीपूर्ण अवस्था उनले बताए ।
प्रतिक्रिया