स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुको जिम्मेवारी हेरफेर, प्रवक्तामा अर्याल

२०८३ वैशाख १२ गते

स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुको जिम्मेवारी हेरफेर, प्रवक्तामा अर्याल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरूको सरुवा तथा काज फिर्ता गर्दै जिम्मेवारी हेरफेर गरेको छ ।


स्वास्थ्यमन्त्री निशा मेहताले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय, विभाग र केन्द्रका केही महाशाखा प्रमुखहरूको जिम्मेवारी परिवर्तन गरेकी हुन् ।मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार यसअघि रिक्त रहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा.अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ ।

Advertisement:

Ad
Ad


उनको स्थानमा डा.चुमनलाल दासलाई पठाइएको छ । यस्तै, विभागको परिवार कल्याण महाशाखाका प्रमुख रहेका डा.मदन उपाध्यायलाई नारायणी अस्पतालमा सरुवा गरिएको छ ।


मन्त्रालयमा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (एचईओसी) का प्रमुख तथा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ । अब मन्त्रालयको प्रवक्ताको जिम्मेवारी समन्वय महाशाखा प्रमुख यशोदा अर्यालले सम्हाल्नेछिन् ।