साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो

२०८० माघ २८ गते

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौँ  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.५० प्रतिशतले घटन पुगेको हो ।

शेयर बजारमा आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। आइतबार जलविद्युत, विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.८८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ ।

Advertisement:

Ad
Ad

यस दिन नेप्से परिसूचक घटेपनि कारोबर रकम भने बढेर ४.०८ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा ९१ कम्पनी बढेका छन् भने १४८ कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज समाज लघुवित्त र कुथेलि बुखारी हाइड्रोपावर कम्पनीको  शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा एनआइसी एसिया ग्रोथ फन्ड २ रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि हिमालयन रिइन्सुरेन्स कम्पनीनै रह्यो ।