सर्वोत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

२०८० फागुन २८ गते

सर्वोत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले फागुन २५ गतेदेखिनै लागू हुने गरी शेयर रजिष्ट्रारको जिम्मेवार एनआइएमबि एस क्यापिटल लिमिटेडलाई दिएको हो ।

सर्वसाधारणमा फागुन २५ गते शुक्रबार आईपीओ बाँडफाँट सम्पन्न गरेको कम्पनीले धितोपत्र कारोबार सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो । यो जिम्मेवारी पाएसँगै क्यापिटलमार्फत कम्पनीको शेयर अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी रोक्का राख्ने लगानएतका शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य क्यापिटलले गर्नेछ । अब कम्पनीको सम्पूर्ण कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउने कामका लागि समेत क्यापिटलले आवश्यक जिम्मेवारी पुरा गर्नेछ ।

Advertisement:

Ad
Ad

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको मुख्य जिम्मेवारी भने ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पुरा गरेको थियो । कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता शेयर व्यवस्थापनको जिम्मेवारी क्यापिटलले पुरा गर्नेछ । संस्थापक तर्फ ८७ दशमलव ०९६७ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीको सर्वसाधारणतर्फ १२ दशमलव ९०३३ प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।

यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष ०७९/८० मा ३ अर्ब ४५ करोड रूपैयाँभन्दा बढी जगेडाकोष कायम रहेको कम्पनीको चालू आर्थिक वर्षभित्र भने ४ अर्ब ९८ करोड रूपैयाँभन्दा बढी जगेडा कोष कायम गर्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्मको वास्तविक अवस्था अनुसार कम्पनी ५ रूपैयाँ २८ पैसा प्रतिशेयर आम्दानीमा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ भने १८५ रूपैयाँ ३६ पैसा रहेको छ ।