सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रति कित्ता १,०८३ रुपैयाँ, आईपीओ पर्नेलाई कति भयो नाफा ?

२०८० चैत १५ गते

सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रति कित्ता १,०८३ रुपैयाँ, आईपीओ पर्नेलाई कति भयो नाफा ?

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लगातार सातौं पटक सकारात्मक सर्किट लागेको छ । बिहीबार यस कम्पनीको सेयर एक हजार रुपैयाँ माथि उक्लिएको छ ।प्रति कित्ता ३६०. ९० का दरले आइपीओ बिक्री गरेको कम्पनीको शेयर दोस्रो बजारमा गत चैत ६ गतेदेखि कारोबारमा आएको हो ।

पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ पहिलो दिन ६११.७, दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९, चौथो दिन ८१३.८ रुपैयाँ पाँचौ दिन ८९५.१, छैटौं दिन ९८४.६ हुँदै आज सातौं कारोबार दिन १०८३ रुपैयाँ पुगेर सातौं सकारात्मक सर्किट लागेको हो ।

Advertisement:

Ad