सर्वोत्तम सिमेन्टको फागुन १३ गतेदेखि आईपीओ निष्काशन

२०८० फागुन ०३ गते

सर्वोत्तम सिमेन्टको फागुन १३ गतेदेखि आईपीओ निष्काशन

काठमाडौँ  । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणक लागिआईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यस भन्दा पहिले स्थानीय  बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर बाँडफाँट गरिसकेको छ ।

Advertisement:

Ad
Ad

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।