२०८२ भदौ १८ गते
काठमाडौ । सामाजिक सञ्जाल फेसबुकलाई नेपालमा दर्ता हुन सरकारले दिएको ७ दिनको समय बिहिबार सकिदैछ । तर समय सकिनै लाग्दा पनि फेसबुक दर्ता हुन आएको छैन ।
हालसम्म नेपालमा भाइबर, टिकटक, विटक, निम्बज र पोपोलाइभ दर्ता भएका छन् । सरकारले भदौ १२ गते फेसबुक सहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन समय दिदै सूचना प्रकाशन गरेको थियो । सरकारले तोकिएको समयसिमाभित्र सूचीकरण नगर्ने वा सूचीकरणको प्रयोजनका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई विस्तारै नेपालभित्र निष्क्रिय गराउने र यदि सुचिकरण हुन आए फेरी चल्न दिनेगरी नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अहिले सम्म फेसबुक सुचिकरणका लागि नआएको बताएको छ । यद्यपि राती १२ बजेसम्म पनि आउनसक्ने आंकलन मन्त्रालयले गरेको छ । त्यसपछि पनि नआए के गर्ने भन्ने बारे कदम चाल्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया