चिनियाँ जलस्रोत मन्त्रालयले भन्यो, 'नेपाल र चीनको दोभानमा ठुलो ताल बनेको छ, तिन दिनभित्र फुट्न सक्छ'

२०८३ भदौ ११ गते

चिनियाँ जलस्रोत मन्त्रालयले भन्यो, 'नेपाल र चीनको दोभानमा ठुलो ताल बनेको छ, तिन दिनभित्र फुट्न सक्छ'

काठमाडौं । चीनको ग्लोबल टाइम्सले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै एउटा ठुलो ‘ताल’ बनेको समाचार सार्वजनिक गरेको छ । उसले चिनियाँ जलस्रोत मन्त्रालयको भनाइलाई उदृत गर्दै समाचार प्रकाशन गरेकोछ । 

 

Advertisement:

Ad
Ad

बिहीबार बिहानसम्म सो तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको छ ।आगामी तीन दिनभित्र सो तालमा थप ३० लाख घनमिटर पानी थपिने अपेक्षा गरिएको छ, जसले गर्दा यो ताल फुट्ने उच्च जोखिम रहेको ‘चाइना सेन्ट्रल टेलिभिजन’ले बिहीबार उल्लेख गरेको छ ।

समाचारमा मन्त्रालयले यस तालको विकासक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख छ ।