आईएमईमार्फत विदेशबाट निशुल्क सहयोग पठाउन सकिने

२०८३ भदौ ११ गते

आईएमईमार्फत विदेशबाट निशुल्क सहयोग पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्को  संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा रहेका सहयोगी मनहरूले आईएमईमार्फत नेपालमा निःशुल्क पैसा पठाउन सक्ने भएका छन् ।

 

Advertisement:

Ad
Ad

विदेशमा रहेका नेपाली तथा अन्य सहयोगीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका नाममा विभिन्न बैंकमा रहेका खातामा आईएमईमार्फत सिधै निःशुल्क रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । यस सुविधामार्फत विदेशबाट पठाइएको सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त गर्न सकिनेछ ।

 

नेपालभित्रबाट समेत खल्ती तथा आईएमईमार्फत सरकारका सम्बन्धित कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । आईएमईले विपद्को यस कठिन समयमा सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्न हातेमालो गर्न आह्वान पनि गरेको छ । कम्पनीले दुःखमा साथ दिन तथा राहत र पुनःस्थापनाको प्रयासमा सरकारलाई हरसम्भव सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ ।

 

यसैबीच, रसुवा जिल्लाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको भन्दै आईएमईले दुःख व्यक्त गरेको छ । बाढीबाट आफ्ना दाजुभाइ, दिदीबहिनी तथा परिवारजन गुमाएका परिवारप्रति आईएमईले गहिरो दुःख, सहानुभूति प्रकट गरेको छ ।

 

विपद्को यस संवेदनशील घडीमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सरकारलाई हरसम्भव सहयोग पु¥याउने र प्रभावित परिवारको दुःखमा साथ दिने आईएमईले जनाएको छ ।