२०८२ चैत २५ गते
काठमाडौं । सरकारले यात्रुवाहक सवारी साधनको भाडामा बृद्धि गरेको छ । इन्धनको मूल्यमा भएको उत्तारचढावलाई देखाउँदै नयाँ भाडादर निर्धारण गरेको हो।
नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले भाडा बृद्धि भएको छ ।
यातायात व्यवस्था विभागले राखेको भाडा समायोजनको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयले स्विकमृत गरिदिएको हो ।
प्रतिक्रिया