२०८२ माघ २८ गते
काठमाडौं । सरकारले आफ्ना कर्मचारीको पारिश्रमीक तथा सुविधा बापत ८२ अर्ब ७४ करोड ३१ लाख रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को ६ महिनामा सरकारले उक्त रकम खर्च गरेको हो ।
यो भनेको चालु आर्थिक वर्षका लागि पारिश्रमीक तथा सुविधा बापत छुट्याइएको बजेटको ४५.९३ प्रतिशत हो । जुन गत आर्थिक वर्ष २०८१/०८२ को यसै अवधिको तुलनामा ४.५९ प्रतिशतले बढी हो । चालु आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले १ खर्ब ८० अर्ब १४ करोड ४५ लाख रुपैयाँ पारिश्रमीकका लागि बजेट छुट्याएको छ । सरकारी पारिश्रमीक तथा सुविधाका लागि सरकारले हरेक बर्षजसो बजेट बढाइरहेको छ ।
गत आवमा १ खर्ब ६३ अर्ब २७ करोड ५९ लाख रुपैयाँ बिनियोजन भएको थियो । यसैगरी सामाजिक सुरक्षामा २ अर्ब ६७ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा यो छ महिनामा १ खर्ब ९ अर्ब ५० करोड ८७ लाख रुपैयाँ खर्च भएको छ । यो भनेको बजेटको करिब ४१ प्रतिशत हो । गत आवको यसै अवधिको तुलनामा यो खर्च ९.७७ प्रतिशतले बढेको हो ।
प्रतिक्रिया