सन्दिप लामिछाने बलात्कार प्रकरण : गौशाला २६ ले गरिन् पुनरावेदन नदिने निर्णय

२०८१ साउन ११ गते

सन्दिप लामिछाने बलात्कार प्रकरण : गौशाला २६ ले गरिन् पुनरावेदन नदिने निर्णय

काठमाडौँ।  क्रिकेटर सन्दीप लामिछानेमाथि लागेकाे बलात्कार मुद्दा थप अगाडि नबढ्ने भएकाे छ ।सन्दीपमाथि बलात्कार आरोप लगाएकी गौशाला २६ ले सर्वोच्च अदालतमा पुनरावेदन नदिने निर्णय गरेसँगै याे मुद्दा अघि नबढ्ने भएकाे छ। उच्च अदालतको फैसलाविरुद्ध उनले पुनरावेदन नगर्ने निर्णय गरेकी हुन् ।

Advertisement:

Ad
Ad

गौशाला २६ ले बुधबार महान्यायाधिवक्तालाई भेटेर नै निवेदन दिएकी थिइन् । यसैगरी, उनले शुक्रबार उच्च सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गराएकी छिन् । सरकारी वकिलमा उनकाे निवेदनकाे दर्ता नम्बर ३३२ रहेको छ ।  अब मुद्दालाई थप अगाडि नबढाउन पनि उनले अनुराेध गरेकी छिन् ।

उक्त निवेदनमा लेखिएको छ,‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए ।लामो समयदेखि उक्त घटनाको कारण त्रासपूर्ण जीवन बाँच्दै आएको छु । मुद्दाको कारण म त्रासपूर्ण जीवन बाँच्दै आएकी छु । साथै यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइन । सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारबाही थप अगाडि नबढाउन आग्रह गर्छु ।’