सुनको मूल्य ७ सय रुपैयाँले बढ्यो

२०८२ मंसिर ०४ गते

सुनको मूल्य ७ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार सुन ७ सयले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४३ हजारमा कारोबार भइरहेको छ । 


त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो । जसका कारण आज  चाँदी ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
 

Advertisement:

Ad
Ad