सुनचाँदीको मूल्य हालसम्मकै उच्च

२०८२ असोज २१ गते

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ । 

Advertisement:

Ad
Ad


आज चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।