२०८२ मंसिर ११ गते
काठमाडौँ । सामाजिक सुरक्षास् सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सन योग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिकको जीवन रक्षा’ भन्ने मूल नारासँगै केन्द्रमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको प्रमुख आतिथ्यतामा, प्रदेशगत रुपमा मूख्यमन्त्री र पालिकाहरुमा मेयरर गाउँपालिका अध्यक्षज्यूहरुको प्रमुख आतिथ्यतामा आठौं सामाजिक सुरक्षा दिवस २०८२ को अवसरमा देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी सफलतापूर्वक सम्पन्न भएको छ।
संवत् २०७५ साल मंसिर ३ गते सोमबारको मन्त्रिपरिषद् बैठकबाट मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवस घोषणासँगै सुरुवात भएको दिवस आठौं सामाजिक सुरक्षा दिवससम्म आइपुग्दा सामाजिक सुरक्षाका सन्दर्भमा योगदानकर्ताको पहुँच विस्तार, सेवा अवस्थामा सुधार, डिजिटलकरण, अनलाइन भुक्तानी, स्वयं योगदान रकम सङ्कलन सुविधा, सेवा विस्तार तथा प्रचार–प्रसारसहितका क्षेत्रमा उल्लेखनिय प्रगतिहरु हुँदै आएका छन्।
२०७५ मंसिर ११ गते औपचारिक क्षेत्रबाट प्रारम्भ भएको सामाजिक सुरक्षा कार्यक्रम २०७९ चैत्र ८ बाट वैदेशिक रोजगार क्षेत्र, २०८० श्रावण ३१ बाट अनौपचारिक र स्वरोजगार क्षेत्रका साथै २०८२ बैशाख १ गतेदेखि सार्वजनिक क्षेत्र गरी सबैका लागि सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने निकायको रूपमा सामाजिक सुरक्षा कोष स्थापित भइसकेको छ।
कोषमा मिति २०८२ मंसिर १० गतेसम्मको अद्यावधिक तथ्यांक अनुरुप औपचारिक क्षेत्रका २२,३३२ रोजगारदाता संस्थामा कार्यरत करिब ६ लाख ५० हजार श्रमिक र वैदेशिक क्षेत्रका करिब २० लाख श्रमिक समेत गरी करिब २६ लाख ५० हजार योगदानकर्ता आवद्ध भइसकेका छन् भने सोही मितिसम्म ९५ अर्व ६८ करोड योगदान रकम संकलन हुनुका साथै १७ अर्व ७२ करोड रकम सुविधा बापत भुक्तानी समेत भइसकेको छ ।
आइएलओ कन्भेन्सन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन,२०७४ को दफा १० ले परिकल्पना गरेको सामाजिक सुरक्षाका ९ वटा मापदण्ड मध्येका ८ वटा मापदण्डलाई विभिन्न ४ वटा योजनाहरु अन्तर्गत कोषले औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार गरी चारवटै क्षेत्रका लागि विभिन्न ३ वटा कार्यविधिहरु मार्फत् कोषले सामाजिक सुरक्षा योजनाहरु प्रदान गरिरहेको छ ।
हालसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध भएका मध्येका योगदानकर्ता र निजको परिवारले गरी कुल ७,३७,४४० पटकमा २ अर्व ५३ करोड ४९ लाख बराबरको औषधि उपचार सुविधा, योगदानकर्ताको दुर्घटना तथा अशक्तता सुविधा वापत कुल १२,१४१ पटकमा करिब २२ करोड ९५ लाख र कोषका ७८२ जना मृतक योगदानकर्ताको परिवारले आश्रित परिवार सुविधा योजना अन्तर्गत करिब २९ करोड ३५ लाख रकम भुक्तानी पाइसकेका छन् ।त्यसैगरी जागिरबाट अवकाश हुँदा अवकाश सुविधा योजना अन्तर्गत योगदानकर्ताले १,३१,३२१ पटक गरी कुल रू१४ अर्व ६६ करोड २९ लाख भुक्तानी लिइसकेका छन् ।
कोषले हालसम्म योगदान वापत जम्मा भएको करिव ९५ अर्व रकम सहितको कुल १२६ अर्व रकम ऐनको दफा ३२ बमोजिम विभिन्न क्षेत्रमा लगानी गरेको छ । उक्त रकममध्ये ५८ अर्ब ८८ करोड ६२ लाख बैंकको मुद्दती रसिदमा, ट्रेजरी बिलमा ३२ अर्व १८ करोड ९५ लाख रकम ट्रेजरी बिलमा, डेभलपमेन्ट बण्डमा २१ अर्व ७५ करोड ५५ लाख रकम, डिबेन्चरमा ४ अर्व ५२ करोड ४० लाख, र म्युचुअल फण्डमा रु १ अर्व ९ करोड ९५ लाख लगानी गरी केही रकम सुविधा भुक्तानीका लागि बैंक खातामा नै रहेको छ। योगदानकर्ता सापटी वापत हालसम्म रु ७ अर्व ७९ करोड ८३ लाख रकम लगानी गरिएको छ भने योगदानकर्ता सापटी अन्तर्गत कोषले ५।२५ मा नै विशेष सापटी र ५।८६५ व्याजदरमा घर तथा शैक्षिक सापटी प्रदान गरिरहेको छ।
कोषमा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको आवद्धताका लागि ११४ वटा पालिकाले कोषसँग सम्झौता गरिसकेका छन् भने कतिपय पालिकाहरुले सह(योगदान सहित कोषमा आवद्ध भइसकेका छन्।यसैगरी कतिपय पालिकाहरुले प्राविधिक रुपमा सह(योगदानका लागि आवश्यक प्रवन्ध मिलाउने क्रममा हुनुहुन्छ। बदलिंदो परिवेश र सामाजिक सुरक्षाको प्रभावकारीता र व्यापकताले नै देश विकासमा कल्याणकारी राज्यको अवधारणा सार्थक हुने कुरामा दुई मत देखिदैन। जसअनुरुप मिति २०८२ बैशाख १ गते राजपत्रमा सूचना प्रकाशित भई प्रदेश सञ्चित कोष र स्थानिय सञ्चित कोष बाट पारिश्रमिक खाने कर्मचारीहरू र सार्वजनिक संस्थान, निगम,बोर्ड, प्राधिकरण, समिति, प्रतिष्ठान लगायतमा कार्य गर्ने स्थायी, अस्थायी, करार र ज्यालादारी लगायतका सबै किसिमका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गरी सूचित गरिसकिएकोमा हालसम्म ३३ वटा सार्वजनिक संस्थानहरू आवद्ध भइसकेका छन् भने कतिपय संस्थानहरु आवद्ध हुने चरणमा छन्।
क्ष्ऋत् ब्धबचम द्दण्द्दद्ध बाट पुरस्कृत यस कोष पूर्णतः सूचना प्रविधिको नवित्तम प्रयासलार्इ प्रयोगमा ल्याउँदै सेवा प्रवाह गरिरहेको छ।सामाजिक सुरक्षा कोषले सञ्चालनमा ल्याएका स्वास्थ्य सम्वन्धी औषधी उपचार र दुर्घटना उपचारको सेवा प्रवाहको लागि १०७ वटा स्वास्थ्य संस्थासँग सम्झौता गरी स्वचालित प्रणालीमा आधारित सेवा प्रवाहको प्रवन्ध मिलाइएको छ।विगतका वर्षहरूमा जस्तै सबै श्रमिकलाई कोषमा आवद्ध गरी नियमित योगदान रकम जम्मा गर्नु हुने रोजगारदाता र स्वास्थ्य सेवा प्रवाहको आधारमा उत्कृष्ट स्वास्थ्य संस्थाहरूलाई कोषले सम्मान समेत गरेको छ। सोही अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतका गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण समिति, प्रेस काउन्सिल नेपाल र न्यूनत्तम पारिश्रमिक निर्धारण समिति र सामाजिक सुरक्षा कोषबिच कोषमा आवद्धता सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर समेत भयो।
आठौं सामाजिक सुरक्षा दिवस विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीज्यूहरु, नेपाल सरकारका सचिवहरु, रोजगारदाता तथा श्रमिक संगठनका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री सुशिला कार्कीज्यूको प्रमुख आतिथ्यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवम् कोष संचालक समितिका अध्यक्ष कृष्णहरि पुष्करको अध्यक्षतामा सम्पन्न भएको समारोहमा कोषका कार्यकारी निर्देशक, कविराज अधिकारीको स्वागत मन्तव्य, आइएलका country directorका साथै उदोग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, अध्यक्ष जेटीयुसीसी अध्यक्ष जगत बहादुर सिंखडाले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया