२०८३ जेठ १२ गते
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा साल्ट ट्रेडिङको शेयर मूल्य समायोजन भएको छ।
कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना शेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस शेयरका लागि नेप्सेमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले ९.५० प्रतिशत बोनस शेयरको शेयर मूल्य समायोजन हुँदै प्रतिकित्ता ५ हजार ९ सय ३९ रुपैयाँ ९० पैसा कायम भएको छ ।
आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया