सबैभन्दा महंगो सेयर मूल्य भएको युनिलिभरको प्रतिसेयर आम्दानी कति पुग्यो ?

२०८१ कात्तिक २८ गते

सबैभन्दा महंगो सेयर मूल्य भएको युनिलिभरको प्रतिसेयर आम्दानी कति पुग्यो ?

काठमाडौ । युनिलिभर नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासको नाफा खम्चिएको प्रतिवेदन सर्वजनिक गरेको छ । कम्पनीले पहिलो तीन महिनामा ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको गत आर्थिक वर्षको भन्दा ४.६३ प्रतिशतले कम हो । गत वर्ष यसै अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष २ हजार २ सय १८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर २ हजार ९६ रुपैयाँ (वार्षिक) पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५ हजार ३ सय ३७ रुपैयाँबाट बढेर ५ हजार ८ सय ३६ रुपैयाँ कायम भएको छ । गत वर्ष २ अर्ब ३२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ५ अर्ब २८ करोड रुपैयाँ जम्मा भएको छ । युनिलिभर दोस्रो बजारमा सबैभन्दा धेरै सेयर मूल्य भएको कम्पनी हो । यसको एक कित्ता सेयरको मूल्य ४८ हजार रुपैयाँ छ ।

Advertisement:

Ad
Ad