शाओमीको लाइका क्यामरा सहितको फ्ल्यागशिप स्मार्टफोन शाओमी १४ बजारमा

२०८० चैत १८ गते

शाओमीको लाइका क्यामरा सहितको फ्ल्यागशिप स्मार्टफोन शाओमी १४ बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन शाओमी १४ नेपालमा सार्वजनिक गरेको छ । शाओमी १४ लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमको साथमा प्रयोगकर्ताहरूले उत्कृष्ट फोटोग्राफीको अनुभव प्राप्त गर्न सक्नेछन्।

शाओमी १४ मा ६.३६ इन्चकोएमोलेड एलटीपीओ डिस्प्ले, स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर, र ९० वाट वायर वा ५० वाट वायरलेस चार्जिंगको साथमा ४६१० एमएच ब्याट्री उपलब्ध छ । एआई फेस अनलक, अन स्किृन फिब्गरप्रिन्ट जस्ता फिचरका साथमा आइपी ६८ रेटिब पनि यस स्मार्ट फोनमा उपलब्ध छ । डुअल सिम सपोर्ट, ५ जि कनेक्टिभिटी, र विभिन्न सेन्सरहरूले प्रयोगकर्ताको अनुभवलाई झनै रमाइलो बनाउने विश्वास कम्पनीले लिएको छ ।

Advertisement:

Ad
Ad

लाइका क्यामरा प्रविधिको सुरुवातः

शाओमी १४ लेलाइका क्यामरा प्रविधिको साथ स्मार्टफोन फोटोग्राफीमा नयाँ स्टान्डर्ड सेट गरेको छ ।ठूलो१.६ एपर्चरको साथ शाओमी १४ ले कम उज्यालोमा पनि उज्यालो र स्पष्ट तस्बिरहरू खिच्दछ ।यस अप्टिकल लेन्सले ज्यादै राम्रो कलर रिप्रोडक्सन, कन्ट्रास्ट र रिजोलुसनका साथ क्याप्चर स्पिडलाई पनि बढाउने कम्पनीको दावि छ । लाइकाको ७५ एमएमको टेलिफोटो लेन्स र लाइट फ्युजन ९०० इमेज सेन्सरको साथले हाइ डाइनामिक रेन्ज र उत्कृष्ट नोइज रिजेक्सन प्रदान गर्दछ ।

शक्तिशाली पर्फर्मेन्सः

शाओमी १४ स्न्यापड्रागन ८ जेन ३ प्रोसेसरद्वारा सञ्चालित छ जुन अत्याधुनिक ४ एनएम पावर– इफिसियन्ट उत्पादन प्रक्रियाबाट बनेको हो । क्वाल्कम एड्रेनो जिपियुसँग जोडिएको यस चिपसेटले सिमलेस पर्फर्मेन्स र प्रभावकारी पावर म्यानेजमेन्ट सुनिश्चित गर्दछ जसले प्रयोगकर्ताहरूको गेमिब अनुभव फरक बनाउँदछ ।

आकर्षक डिस्प्लेः

२६७० ह १२०० को रिजोलुसन र १.५ के६.३६ इन्चको एमोलेड प्यानलका साथ आकर्षक डिस्प्लेमा शाओमी १४ आएको छ । १ हर्जदेखि १२० हर्जसम्मको डाइनामिक रिफ्रेस रेटले फ्लुइड एनिमेसन, सहज स्क्रोलिब र पावर इफिसियन्सी सुनिश्चित गर्दछ । साथमा डल्बी भिजन, प्रो एचडिआर डिस्प्लेले भाइब्रेन्ट र डिटेल कलर पनि उपलब्ध रहेको छ ।

शक्तिशाली ब्याट्री र फास्ट चार्जिबः

शाओमी १४ को ४६१० एमएचको ठुलो ब्याट्री र फास्ट चार्जिबले दिनभरको प्रयोग सुनिश्चित गर्दछ । ९० वाटको फास्ट चार्जिब भएको हुदा जम्मा ३१ मिनेट ( बुस्ट मोड) मा नै फूल चार्ज गर्न सक्छ । साथै ५० वाटको वायरलेस हाइपर चार्ज र रिभर्स वायरलेस चार्जिबले यस डिभाइसलाई झनै उपयुक्त बनाउने कम्पनीले दाबी गरेको छ ।

साथै एआई फेस अनलक र अन स्क्रिन फिब्गरप्रिन्ट जस्ता फिचरले शाओमी १४ लाई झनै सुरक्षित बनाउँदछ भने आइपी ६८ रेतिंग भएको हुदा शाओमी १४ लाई धुलो र पानीबाट पनि बचाउँदछ । साथै शाओमी हाइपर ओएसले स्मुथ र सहज अनुभव प्रयोगकर्तालाई प्रदान गर्नेछ । बजार उपलब्धताः

शाओमी १४ कालो, सेतो र जेड ग्रीन कलरमा १२ जिबी + ५१२ जिबी भेरियन्टमा उपलब्ध छ । शाओमी १४, १२ जिबी + ५१२ जिबी भेरियन्टको मूल्य रु. ९९,९९९ राखिएको छ । यस्तै, शाओमीले शाओमी प्रायोरिटी क्लब पनि लन्च गरेको छ जसको माध्यमबाट ग्राहकहरुले शाओमी १४ मा विशेष फाइदाहरू प्राप्त गर्न सक्नेछन्।

यस क्लबका सदस्यहरूले ६–महिना विस्तारित वारेन्टी,एक पटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट (पहिलो ६ महिना भित्र), निःशुल्क लेबर कस्ट (पहिलो २४ महिना भित्र) र प्राथमिकतामा ग्राहक सेवा पनि प्राप्त गर्नेछन्। यस प्रायोरिटी क्लबको शुरुवातले शाओमीको ग्राहक अनुभवलाई अझै निखार्ने कम्पनिले विस्वास लिएको छ । शाओमी १४ सबै एमआई स्टोर र शाओमीका आधिकारिक अथोराइज्ड रिटेल आउटलेटहरुमा १८ चैतबाट उपलब्ध छ ।