२०८१ पुस ०९ गते
काठमाडौ । आत्मनिर्भर लघुवित्र वित्तिय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा गरेको जनाएको छ । कम्पनीले स्पष्टीकरण पेश गरेर सेयर कारोबार फुकुवा गराइदिन भन्दै नेप्सेलाई अनुरोध गरी पत्र लेखेको थियो ।
आत्मनिर्भरको उक्त पत्रपछि कम्पनीलाई यस्तो गल्ती नगर्न सचेत गराउँदै सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी गराएको छ । यसअघि कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०८०–८१ लाभांश घोषणासम्बन्धी निर्णय गरेर सोको जानकारी नेप्सेमा अर्को दिन पुस ८ गते सोमबार कारोबार समय १२ः१३ बजेमात्र नट्समार्फत पठाएपछि नेप्सेले सोमबार सेयर कारोबार रोक्का गरेको थियो ।
[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2024/12/aatma-fukuwa.pdf" title="aatma fukuwa"]
प्रतिक्रिया