२०८१ कात्तिक २० गते
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थप गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अर्को मुद्दामा पनि थप अनुसन्धान गर्नुपर्ने भन्दै कास्की प्रहरीले २५ दिन हिरासत म्याद थप गर्न अदालत समक्ष माग गरेकोमा अदालतले १० दिन म्याद थप गरेको हो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धान सकिएपनि संगठित अपराध सम्बन्धी अनुसन्धान गर्नुपर्ने भएकाले जिल्ला अदालत समक्ष उक्त माग गरेको हो ।यसबारे लामिछानेको म्याद थप बारेको बहस केहिबेर अघि सकिएको छ । बहस सकिएपनि म्याद थपबारे निर्णय भने आइसकेको छैन । मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको हो । तर रविको पक्षबाट बहस गर्ने अधिवक्ताहरूले भने अनुसन्धान भइसकेकाले छोड्न माग गरेका छन् ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा रविको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्त लगायतले बहस गर्दै रिहा गर्न माग गरेका हुन् ।
गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया