रास्वपाका सभापति लामिछानेलाई ४१ दिनपछि काठमाडौँ ल्याइयो

२०८१ मंसिर १३ गते

रास्वपाका सभापति लामिछानेलाई ४१ दिनपछि काठमाडौँ ल्याइयो

काठमाडौँ।  पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको छ। बुद्ध एयरमार्फत लामिछानेलाई ४१ दिनपछि काठमाडौँ ल्याइएको हो ।

लामिछानेविरूद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले बयानका लागि लगिएको छ ।

Advertisement:

Ad
Ad

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा ल्याइएको थियो ।

जिल्ला अदालत कास्कीको आदेशबाट पटक–पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ। लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राखिनेछ । आउँदो आइतबार वा सोमबारसम्म बयान सकेर मङ्गलबार कास्की फर्काउने तयारी छ ।