रास्वापा सभापति लामिछानेसँग आज पनि काठमाडौँमा बयान लिइदै

२०८१ मंसिर १६ गते

रास्वापा सभापति लामिछानेसँग आज पनि काठमाडौँमा बयान लिइदै

काठमाडौँ । सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग सरकारी वकिलको कार्यालय काठमाडौँ आज पनि बयान लिइदैछ ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा लामिछानेसँग कार्यालय खुलेपछि बयान लिन सुरु गरिएको हो ।

Advertisement:

Ad
Ad

लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याएर शुक्रबार पनि सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।

सभापति लामिछानेको बयान सकिएपछि उहाँलाई पुनः पोखरा नै पठाउने तयारी प्रहरीको तयारी छ ।