रसुवागढी जलविद्युतमा उद्धार गर्न गएको टोली फसेका कर्मचारी नभेटेपछि फर्कियो

२०८३ भदौ १५ गते

रसुवागढी जलविद्युतमा उद्धार गर्न गएको टोली  फसेका कर्मचारी नभेटेपछि फर्कियो

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार गर्न गएको टोली फर्किएको छ । आयोजनाको पावर हाउसमा लेदो र पानी भारिएका कारण उद्धार गर्न नसकिएको हो ।

 

Advertisement:

Ad
Ad

उद्धार गर्न नसकिएपछि उद्धारका लागि गएको टोली धुन्चे फर्किएको छ ।  रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका सचिव नरनाथ न्यौपाने भन्छन,  'हाइड्रोको नाम निसाना नरहेपनि कर्मचारी फर्किए हुन्थ्यो । तर ब्लकेज खोलेर ड्रोनले ३ सय मिटर भित्रसम्म हेर्दा लेदो मात्र देखियो । अक्सिजन पास हुने ठाउँ नभएकाले यदि त्यहाँ भित्र कर्मचारी फसेका रहेछन भनेपनि जीवित हुने सम्भावना न्यून देखिन्छ ।'

रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ९३ जना कर्मचारी अझै बेपता छन् ।  भोटोकोसी नदीमा आएको बाढीले उक्त क्षेत्रका सबै जलविद्युत् आयोजना बगाएको थियो ।