सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

२०८३ भदौ १४ गते

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।

 

Advertisement:

Ad
Ad

कम्पनीका अनुसार यूएई, साउदी अरब, कतार, कुवेत, ओमानसहित जापान, दक्षिण कोरिया, मलेसिया, अष्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्सलगायत विभिन्न मुलुकबाट नेपाल पठाइने रेमिट्यान्समा यो सुविधा लागू हुनेछ।

यो सुविधा तत्काल प्रभावकारी रहेको जनाउँदै सिटी एक्सप्रेसले विदेशमा रहेका नेपालीलाई विपद्को समयमा आफ्ना परिवार तथा प्रभावित समुदायलाई सहयोग गर्न आग्रह गरेको छ।