२०८३ भदौ ११ गते
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि सहयोग गर्ने क्रममा भुलवश बढी रकम ट्रान्सफर भएको भन्दै सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले फिर्ता गरिदिन आग्रह गरेको छ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने क्रममा ग्लोबल आईएमई बैंकको खाताबाट कनेक्ट आईपीएसमार्फत १० लाख ११ हजार १ रुपैयाँ ट्रान्सफर भएको जनाउँदै बढी रकम फिर्ता गरिदिन अनुरोध गरेका हुन्।
सहकारीले वास्तविक रूपमा योगदान गर्नुपर्ने १ लाख १ हजार रुपैयाँबाहेक भुलवश ट्रान्सफर भएको रकम फिर्ताका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको जनाएको छ।
प्रतिक्रिया