राष्ट्रियसभा अध्यक्षकाे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता,माओवादीले प्रधानमन्त्रीका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने

२०८० फागुन २८ गते

राष्ट्रियसभा अध्यक्षकाे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता,माओवादीले प्रधानमन्त्रीका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभा अध्यक्ष पदका लागि आज उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । संसद सचिवालयले जारी गरेको तालिका अनुसार आज बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता र साढे १ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

राष्ट्रियसभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले युवराज शर्मा र माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

Advertisement:

Ad
Ad

अध्यक्ष पदका लागि भोलि (मंगलबार) बिहान ११ बजेर ९ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठकमा चयन प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ ।