२०८० चैत ०८ गते
काठमाण्डौ । मन्त्रीपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त चार जनालाई सदस्य पदमा नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले आयोगमा प्राध्यापक संगीता सिंह, काडमाडौं, डा.कुसेन्द्रबहादुर महत, जुम्ला, प्राध्यापक शिवराज अधिकारी, पाल्पा र डा. अरनिकोकुमार पाँडे, ललितपुरलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए ।
यसैगरी, बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।
यस्तै, नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली तीन जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल– १ र जुगल– २ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय पनि मन्त्रीपरिषदको बैठकले गरेको छ ।
प्रतिक्रिया