राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्दै

२०८१ माघ ३० गते

राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्दै

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्दैछ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनको लागि निक्षेप बोलकबोल गर्ने भएको हो ।केन्द्रीय बैंकले यसअघि गत माघ ९ गते २१ दिनका लागि ९० अर्ब रुपैयाँ खिच्न चाहेकोमा बैंकहरुले राखेको ७७ अर्ब ६५ करोड आजै फिर्ता हुने भएपछि थप ६० अर्ब खिच्न लागेको हो ।

निक्षेप बोलकबोलका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।यसको साँवा तथा ब्याज भुक्तानी फागुन २१ गते हुनेछ ।

Advertisement:

Ad
Ad