२०८१ चैत २२ गते
काठमाडौं । चैत १५ गते राजावादी आन्दोलनका कारण भएको क्षतिको बीमा दाबी शुरु भएको छ । राजावादीको हुलदंगामा भएको क्षतिमा करिब ५ करोडको बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
चैत २० गतेसम्म परेको दाबी अनुसार ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबर रहेको छ । ४३ वटा बीमा दाबीमार्फत उक्त रकम बराबर दाबी परेको हो । दाबी आउने क्रम जारी रहेकाले दाबी रकम र संख्या अझै बढ्ने प्राधिकरणले जनाएको छ । हालसम्म प्राधिकरणले परेको दाबीमा ४५ हजार रुपैयाँमात्र भुक्तानी भएको छ । सबैभन्दा बढी दाबी नेशनल इन्सुरेन्स कम्पनीमा परेको छ । यसमा ११ वटा दाबी रहेको छ । हिमालयन एभरेष्ट र द ओरियन्टल कम्पनीमा भने ११ वटा दाबी परेको छ । राजावादी आन्दोलनमा तीनकुनेको एउटा घरमा आगो लगाइएको थियो भने आसपासका घरहरुमा क्षति पुगेको थियो । यस्तै विभिन्न ठाउँमा सवारी साधनहरु पनि जलाइएको थियो ।
[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/04/beema.pdf"]
प्रतिक्रिया