राधीले बोलायो लाभांश प्रस्ताव सहित साधारण सभा

२०८० पुस ०८ गते

राधीले बोलायो लाभांश प्रस्ताव सहित साधारण सभा

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले शेयरधनीलाई लाभांश घोषणा सहित साधारण सभा बोलाएको छ ।  कम्पनीको साधारण सभा पौष २९ गते, आइतबार बिहान ११ बजे काठमाडौँको त्रिपुरेश्वररमा हुनेछ । सभामा वेबिनार बाट पनि सहभागिता जनाउन सकिन्छ ।

Advertisement:

Ad
Ad

कम्पनीको सभाले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ । जसमा ४.७५ प्रतिशत बोनस शेयर रहनेछ र ०.२५ प्रतिशत कर भुक्तानीको निम्ति नगद लाभांश रहनेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।