पुस १३ गते नबिल बैंकको वार्षिक साधारणसभा

२०८० मंसिर १४ गते

पुस १३ गते नबिल बैंकको वार्षिक साधारणसभा

काठमाडौं । नबिल बैंकले पुस १३ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस १३ गते सभा बोलाउने निर्णय गरेको छ ।

सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनका लागि बैंकले गर्ने बुक क्लोजको मिति भने तय भइसकेको छैन ।

Advertisement:

Ad
Ad

सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने करसहित ११ प्रतिशत नगद लाभांशको प्रस्ताव पेश गरिने छ । उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।