गरिमा विकास बैंकको सिइओमा उपाध्याय नियुक्त

२०८० चैत १५ गते

गरिमा विकास बैंकको सिइओमा उपाध्याय नियुक्त

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । कम्पनीका यस अघिका सिइओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते समाप्त हुने भएसँगै उपाध्यायलाई कम्पनीको सिइओमा नियुक्त गरिएको हो ।

चैत १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी उपाध्यायलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी चार वर्षे कार्यकाल रहने गरी सिइओ नियुक्तीको निर्णय भएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत गराएको छ । नवनियुक्त उपाध्याय यस अघि कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

Advertisement:

Ad
Ad