२०८० चैत ०८ गते
काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ लाख ४ हजार ७२१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल टंगाल, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया