प्रविधिमा आएको गडबढीले विश्वभरका उडान, मिडिया र बैंक प्रभावित

२०८१ साउन ०४ गते

प्रविधिमा आएको गडबढीले विश्वभरका उडान, मिडिया र बैंक प्रभावित

काठमाडौं, साउन ४ गते । प्रविधिमा आएको गडबढीले विश्वभरका उडान, मुख्य बैंक र मिडियामा समस्या आएको छ ।  अस्ट्रेलियाको जेटस्टार विमानस्थलै अलपत्र परेको छ भने सुपरमार्केट र प्रसारण माध्यममा समस्या आएको छ ।

यो समस्या आएपछि केही घण्टाबाट अस्ट्रेलिया सबैभन्दा बढी प्रभावित बनेको छ । त्यसैगरी, अमेरिकन एयरलाइन्सले उडान गर्न सकेको छैन । यसको मुख्य कारण पत्ता नलागे पनि धेरैजसो ठाउँमा माइक्रोसफ्टमा समस्या आएको समाचारमा उल्लेख गरिएको छ ।

Advertisement:

Ad
Ad

त्यसैगरी, अमेरिकन एयरलाइन्सले उडान गर्न सकेको छैन । यसको मुख्य कारण पत्ता नलागे पनि धेरैजसो ठाउँमा माइक्रोसफ्टमा समस्या आएको समाचारमा उल्लेख गरिएको छ ।

यसैगरी, न्युजिल्याण्डको अन्तर्राष्ट्रिय विमानस्थल र संसदको कम्युटर प्रणालीमा व्यवधान उत्पन्न भएको छ ।

सोही समस्याका कारण जापान र भारतका हवाइ उडानमा समेत समस्या आएको छ । बीबीसी